Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एमाले संसदीय दलको नेतामा बादल र नेम्वाङबीच प्रतिस्पर्धा, निर्वाचन हुँदै

एमाले संसदीय दलको नेतामा बादल र नेम्वाङबीच प्रतिस्पर्धा, निर्वाचन हुँदै

काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुहाङ नेम्वाङले दाबी गरेका छन् । दुबैजनाले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन हुने भएको छ । 

निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो। निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij