Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर अस्पतालमा नयाँ प्रमेसु, डा विश्व बन्धु बगाले नियुक्त

भरतपुर अस्पतालमा नयाँ प्रमेसु, डा विश्व बन्धु बगाले नियुक्त

चितवन : सरकारले भरतपुर अस्पताल को प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (प्रमेसु) पदमा डा विश्व बन्धु बगालेलाई पठाउने निर्णय गरेको छ । एघारौँ तहका बालरोग विशेषज्ञ डा बगाले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा कार्यरत थिए । मन्त्रालयमा आउनुअघि उनी गण्डकी प्रदेशका स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

स्वास्थ्य मन्त्री निशा मेहता ले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई भरतपुर अस्पतालमा सरुवा गर्ने निर्णय गरेकी हुन् । मन्त्रालय स्रोतका अनुसार भरतपुर अस्पतालको प्रमेसु पद एघारौँ तहको हो । हाल उक्त पदमा दशौँ तहका डा कृष्णप्रसाद पौडेल निमित्त प्रमेसुका रूपमा कार्यरत थिए ।

अब डा बगालेले प्रमेसुको जिम्मेवारी सम्हाल्ने छन् भने डा पौडेल आफ्नै दरबन्दीमा रहेर सेवा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट