काठमाडौं : राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो । बैठकमा भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, सभाको आगामी बैठककोa कार्यसूची, सभामा सीट प्लान, सभाको प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन, समितिमा सदस्यहरुको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij