Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कालो कोट र कालो चश्मा लगाएर प्रधानमन्त्री बालेन्द्रले जारी गरे ‘अफिसियल फोटो’

कालो कोट र कालो चश्मा लगाएर प्रधानमन्त्री बालेन्द्रले जारी गरे ‘अफिसियल फोटो’

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले मंगलबार उनको एउटा फोटो जारी गर्‍यो- अफिसियल फोटो भन्दै।

कालो पोशाक मन पराउने प्रधानमन्त्री शाहले कालो कोट, कालो दौरा र रेबनको कालो चश्मा लगाएर अफिसियल फोटो जारी गरेका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा सरकारका अन्य मन्त्रीहरू औपचारिक पोशाकमा उपस्थित भए पनि प्रधानमन्त्री शाह भने कालो टिसर्टमाथि कालो कोट लगाएर आएका थिए।

सामाजिक सञ्जालमा कालो चश्मा लगाएको तस्बिर कसरी अफिसियल फोटो भन्दै प्रधानमन्त्री शाहको तस्बिरको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट