काठमाडौँ : काठमाडौँ जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ। मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो।उनलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको थियो। काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई छाडिएको हो।
प्रहरीको टोली सहसचिव रिजाललाई पक्राउ गर्न बिहानै उनको घर बानेश्वर पुगेको थियो।प्रहरी अधिकारीसितको सम्पर्कमा भने रिजालले आफू गण्डकी प्रदेशमा रहेको बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij