Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनका ७ पालिकामा कार्यसम्पादन मूल्याङ्कन: रत्ननगर नगरपालिका प्रथम

चितवनका ७ पालिकामा कार्यसम्पादन मूल्याङ्कन: रत्ननगर नगरपालिका प्रथम

 चितवन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा चितवनका सात पालिकामध्ये रत्ननगर नगरपालिका ७६.२२ अंक सहित प्रथम स्थानमा परेको छ।

तेस्तै क्रमश ७४.३२ अंक सहितदोस्रो इच्छाकामना गाउपालिका ६८.०२ अंक सहित तेस्रो भरतपुर महानगर ६७.१० अंक सहित चौथो माडी नगरपालिका ६५.०९ अंक सहित पाचौं खैरहनी नगरपालिका ६४.५० अंक सहित छैटौं कालिका नगरपालिका र ३६.२० अंक सहित सातौ मा राप्ती नगरपालिका रहेको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत आयोगले प्रदेश सरकार तथा स्थानीय तहको कार्यसम्पादन को १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो। यसअघि मिति २०८२ साल माघ २९ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामाथि परेका पुनरावलोकन निवेदनहरूलाई सम्बोधन गर्दै आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ।

सो अन्तिम नतिजा अनुसार रत्ननगर नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको हो। कार्यसम्पादनमा आधारित यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट