चितवन,१६ चैत : मुग्लिन–नागढुंगा सडक खण्डमा तीन दिन राति सवारी आवागमन बन्द हुने भएको छ । यस सडक खण्ड अन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ मा भइरहेको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन चैत १७ देखि १९ गते सम्म राति १० बजेदेखि विहान ४ बजे सम्म बन्द गरिने भएको हो ।
इच्छाकामना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, आयोजनाका प्रतिनिधि लगायतको उपस्थितिमा सोमबार बसेको बैठकले रातको समयमा सवारी आवागमन रोकि काम गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन तीन दिन रातिमा पूर्णरुपमा सडक बन्द गरि काम गर्न लागिएको बताउनुभयो । इच्छाकामना ४ घोप्टेभीर लगायतका स्थानमा सडक स्तरोन्नतिको काम भइरहेको र सोही क्रममा पटक पटक सवारी रोकिदाँ यात्रुहरुले शास्ती बेहोर्नु परेकाले तीन दिन रातको समयमा सवारी आवागमन रोकेर काम गर्न लागिएको उहाँको भनाई छ ।
उहाँका अनुसार सो समयमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइने छ । उक्त सडकखण्डमा घोप्टेभीर लगायतका स्थानमा निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको र सोही क्रममा पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले असुविधा भोग्नु परेको अवस्थालाई ध्यानमा राख्दै निश्चित समयका लागि पूर्ण रूपमा आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रशासनले यस अवधिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्था मिलाउन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै थप जानकारी तथा सहजीकरणका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij