सौराहा : लायन्स क्लब अफ चितवन सौराहाले आफ्नो १८ औं वार्षिक साधारण सभा आज सौराहामा सम्पन्न गरेको छ। सभाबाट लायन्स बर्ष २०२६/२७ को लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
सभाले अध्यक्षमा लायन रञ्जन भण्डारीलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा लायन स्वप्ना पौडेल भण्डारी, द्वितीय उपाध्यक्षमा लायन लक्ष्मी खतिवडासचिवमा लायन बिकल दाहाल,कोषाध्यक्षमा लायन बासु देव ढकाल चयन भएका छन् । त्यसै गरि निर्देशकमा लायन राजेन्द्र भण्डारी, लायन देव हरि नेपाल, लायन रमेश दाहाल र लायन सरद कुमार पाण्डे रहेका छन् ।
नव निर्वाचित अध्यक्ष लायन रञ्जन भण्डारीले आफ्नो कार्यकालको प्राथमिकतामा क्लबका समाजिक र सेवामूलक कार्यहरूको विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । “ हामी सबै मिलेर समाजको समृद्धि र विकाशका लागि काम गर्दै, लायन्स क्लबको नाममा अझ ठूलो योगदान पुर्याउने छौं,”उनले भने।
सभामा उपस्थित सदस्यहरूले नयाँ कार्यसमितिको चयनप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आगामी वर्षहरूमा क्लबको सेवा र कार्यक्रमहरूको सफलतामा बिश्वास व्यक्त गरेका छन्। साथै, सभामा क्लबका विभिन्न पुरानो सदस्यहरूले नयाँ नेतृत्वलाई शुभकामना र समर्थन व्यक्त गरेका थिए।
लायन्स क्लब अफ चितवन सौराहाका लागि यो साधारण सभा अत्यन्त महत्वपूर्ण रहेको र यहाँको समुदायमा लायन्स क्लबको भूमिका अझ सशक्त बनाउनका लागि प्रतिबद्धता व्यक्त गरिएको छ। क्लबले आगामी कार्यकालमा समाजमा सकारात्मक परिवर्तन ल्याउने योजना बनाएको छ।
सार्वजनिक सेवा र समाजिक योगदानमा अग्रणी लायन्स क्लब अफ चितवन सौराहा र यसको सदस्यहरूले चितवन जिल्ला र सौराहामा विभिन्न समाजसेवी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। लायन्स क्लबको उद्देश्य समुदायको हक र अधिकारको संरक्षण गर्दै, शिक्षा, स्वास्थ्य, वातावरण, र सामाजिक समृद्धिमा योगदान गर्नु हो।
नव निर्वाचित अध्यक्ष र अन्य कार्यसमिति सदस्यहरूले आगामी कार्यकालमा क्लबका कार्यक्रमहरूको प्रभावकारिता बढाउने र चितवनका जनतालाई अझ बढी सेवा दिने प्रतिवद्धता जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij