Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदान भत्किएको छ । गत साताको वर्षासँगै आएको पहिरोका कारण निर्माणाधीन खेलमैदान भत्किएको हो।

कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको संयुक्त लागतमा दुई वर्षदेखि निर्माण भइरहेको खेलमैदान पहिरोका कारण भत्किएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताए।

‘विसं २०७७ मा गएको पहिरोले विद्यालय जोखिममा परेको थियो। खेलमैदान आवश्यक पूर्वाधार भएकाले रु ७० लाखको लागतमा खेलमैदान निर्माण भइरहेको थियो । मङ्गलबार वर्षासँगै आएको पहिरोले मैदान भत्किएको हो’, उनले भने।

विद्यालय भवनसहित अन्य संरचना पहिरोको जोखिममा परेपछि भू तथा जलाधार संरक्षण कार्यालयको सहयोगमा दुई वर्षअघि ग्याबिन जाली हालेर पर्खाल लगाइएको प्रधानाध्यापक महताराले जानकारी दिए। ‘सोही पर्खालको माथि खेलमैदान बनाइएको थियो। उक्त मैदान वर्षाका कारणले भत्किएको छ’, उनले भने।

निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन पनि जोखिममा परेको प्रधानाध्यापक महताराले बताए। उनका अनुसार खेलमैदानको ९० प्रतिशत काम भइसकेको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट