Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं  : माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा ३रेलु टोलीसँग १-१ को बराबरी खेलेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो ।अब समूह बी को अन्तिम खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ ।

शुक्रबार मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा अन्तिम समयमा गोल गर्दै माल्दिभ्सलाई बराबरीमा रोकेको हो ।

माल्दिभ्समा मोहमेद इमरानले १४औं मिनेटमै गोल गर्दै घरेलु टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर अन्तिम समयमा माल्दिभ्सले त्यो जोगाउन सकेन भने नेपालका लागि निशान राज लावतले ८६औं मिनेटमा बराबरी गोल फर्काए ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ र दोस्रो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।

समूह एमा तीनवटै खेल खेलिसकेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा छ । श्रीलंका दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । तीनै खेल खेलिसकेको माल्दिभ्स २ अंक जोडेर तेस्रोमा छ र समूह चरणबाटै बाहिरिसकेको छ । भुटान दुई खेलबाट १ अंकसहित चौथोमा छ । आजै राती हुने श्रीलंका र भुटानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

श्रीलंकालाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त हुनेछ भने भुटानले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनल पुग्नेछ ।

समूह बी बाट भारत र श्रीलंका एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । तीन टिम मात्र रहेको यस समूहमा दुवै टोलीले पाकिस्तानलाई हराइसकेका छन् । दुई खेल हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट