Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रामनवमी–चैते दसैँमा विक्रमबाबा मेलामा भीड, कसरा र राप्ती पुलमा घण्टौँ जाम

रामनवमी–चैते दसैँमा विक्रमबाबा मेलामा भीड, कसरा र राप्ती पुलमा घण्टौँ जाम

माडी : रामनवमी तथा चैते दसैँको अवसरमा माडीस्थित विक्रमबाबा मेला मा दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको छ । भीडको उचित व्यवस्थापन हुन नसक्दा कसरा पुल क्षेत्रमा दर्शन गरेर फर्कने र दर्शन गर्न जाने श्रद्धालुहरूलाई निकै असहज भएको छ । भीडका कारण भरतपुर हुँदै माडी जाने सवारीसाधनहरूलाई राप्ती पुल वारपार गर्न समेत कठिन भइरहेको छ । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरू समेत घण्टौँसम्म जाममा रोकिनु परेको जनाइएको छ ।

राप्ती नदीमाथिको पुल एकतर्फी (वान–वे) भएकाले एकैपटक सवारी वारपार गर्न नसकी पालो पर्खिनुपर्ने अवस्था रहेको छ । सोही अवस्थाबीच मेलामा आएका दर्शनार्थीहरूको अत्यधिक भीडका कारण सवारीसाधनहरू घण्टौँ जाममा परिरहेको एम्बुलेन्स चालक आशिष मियाँले बताए ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु समुदायले गर्दै आएको भए पनि पछिल्लो समय सबै समुदायका श्रद्धालुहरूको आकर्षण बढ्दै गएको छ । सन्तान प्राप्ति, सुख–समृद्धि तथा मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने चलन रहेको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र रहेको विक्रमबाबा क्षेत्रमा प्रत्येक वर्ष रामनवमी र चैते दसैँको अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट