चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका–११ मंगलपुरस्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई जापनीज झोला वितरण गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आर्थिक सहयोग तथा समाजसेवी दिपक नेपालको समन्वयमा केन्द्रका उत्कृष्ट विद्यार्थीहरूलाई १० वटा बहुमुल्य झोला प्रदान गरिएको हो। झोला वितरण कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने र उपाध्यक्ष मुक्तीराम खनाललाई केन्द्रको तर्फबाट सम्मान गरिएको थियो।
केन्द्रका अध्यक्ष केपी किरण शर्मा तथा चेपाङ विद्यार्थीहरूले उनीहरूलाई सम्मान गरेका थिए। कार्यक्रममा एसिया प्यासिफिक युवा संयोजक राम थापा (अनिल), चितवन समाज जापानका प्रतिनिधि राजेन्द्र जम्मकट्टेल तथा युवा समाजसेवी सुजन क्षेत्री, केशव अर्याल र कमल कडेंल लगायतको उपस्थिति रहेको थियो।
केन्द्रले यस्ता सहयोगले चेपाङ समुदायका विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। संरक्षण केन्द्रको आफ्नो आम्दानीको नियमित स्रोत नभएकाले बिभिन्न दाताहरुले सहयोगबाट बालबालिकाको खाद्यान्न तथा स्टेशनरी सामानको ब्यवस्था मिलाउने गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij