Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ट्रम्पको अभिव्यक्तिपछि एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

ट्रम्पको अभिव्यक्तिपछि एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

काठमाडौँ :  एसियाली बजारमा बुधबार बिहानै कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको अभिव्यक्ति दिएसँगै तेलको मूल्य ह्वात्तै घटेको हो।

ट्रम्पले इरान युद्ध रोक्नका लागि अहिले नै वार्ताहरू भइरहेको बताएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारल ९७.६५ डलर कायम भएको छ। अघिल्लो दिन मात्रै यसको मूल्य प्रति ब्यारल १०० डलर नाघेको थियो। त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ६ प्रतिशतले घटेर प्रति ब्यारल ८६.७७ डलरमा झरेको छ।

कच्चा तेलको मूल्यमा गिरावट आए पनि यो अझै इरान युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा निकै माथि छ। युद्धका कारण तेल आपूर्तिमा हुनसक्ने अवरोधको डरले पछिल्ला दिनहरूमा मूल्य आकासिएको थियो। तर, वार्ताको खबरले बजारलाई केही राहत दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij