Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माडीमा ‘भौतिकवादी समाज नेपाल’को प्रथम राष्ट्रिय सम्मेलन हुने

माडीमा ‘भौतिकवादी समाज नेपाल’को प्रथम राष्ट्रिय सम्मेलन हुने

चितवन : ‘अन्त्य गरौँ अन्धविश्वास र रूढीवाद, आत्मसात् गरौँ वैज्ञानिकता र भौतिकवाद’ भन्ने मूल नाराका साथ भौतिकवादी समाज, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी चैत्र ८ र ९ गते (मार्च २१–२२) चितवनको माडीमा आयोजना हुने भएको छ ।

समाजले एक प्रेस विज्ञप्ति जारी गर्दै चितवन जिल्लाको माडी नगरपालिका–४, खैरहनीस्थित माडी कृषि पाठशालामा सम्मेलनको भव्य तयारी भइरहेको जानकारी दिएको हो । सम्मेलनको उद्घाटन चैत्र ८ गते दिउँसो १२ बजे गरिने कार्यक्रम छ ।

वैज्ञानिक चेतना निर्माणको अभियान

समाजका अध्यक्ष वैद्यनाथ श्रमजीवीका अनुसार, नेपाली समाजमा जरो गाडेर बसेको अन्धविश्वास, कुसंस्कार र पाखण्डीपनविरुद्ध सचेतना फैलाउन यो सम्मेलन कोशेढुङ्गा सावित हुनेछ । विज्ञप्तिमा भनिएको छ, "नेपालजस्तो विविधतायुक्त समाजमा विज्ञान, तर्क र प्रमाणमा आधारित सोचको विकास आजको अपरिहार्य आवश्यकता हो ।"

सम्मेलनका मुख्य आकर्षणहरू:

ब्यापक सहभागिता: देशभरका भौतिकवादी विचारधारा राख्ने प्रतिनिधिहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता र प्रगतिशील नागरिकहरूको उपस्थिति रहने ।

गहन छलफल: भौतिकवादी आन्दोलनका वर्तमान चुनौती र सम्भावनाबारे बहस गरी भावी कार्यदिशा तय गरिने ।

सांगठनिक सुदृढीकरण: नयाँ नीति, कार्यक्रम र नेतृत्व चयन गर्दै वैज्ञानिक सोच विस्तारको अभियानलाई तीव्रता दिने ।

भौतिकवादी समाज, नेपालले वैज्ञानिक, तर्कशील र मानवतावादी समाज निर्माणलाई आफ्नो मुख्य अभियान बनाएको छ । संस्थाले यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन सम्पूर्ण सञ्चार माध्यम, नागरिक समाज र आम जनसमुदायलाई प्रचार–प्रसार तथा सहभागिताका लागि हार्दिक अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट