Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

काठमाडौँ :  निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई  आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट

‘बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,’ प्रवक्ता भट्टराईले रातोपाटीसँग भने । 

समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निर्क्यौल गरिसकेको छ । 

आयोगका प्रवक्ता भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए । अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ । 

आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ ।  गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट