Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जय ट्रफीको फाइनलमा आर्मी र पुलिस भिड्दै

जय ट्रफीको फाइनलमा आर्मी र पुलिस भिड्दै

काठमाडौं :जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु  हुने भनिए पनि मैदान भिजेका कारण अझै टस हुन सकेको छैन । फाइनल ३ दिवसीय हुनेछ।  लिग राउन्ड २ दिवसीय भएको थियो। 

ट्रफी अन्तर्गत प्रतिनिधिसभा निर्वाचनअघि राउन्ड रोबिन लिग सकिएको थियो। ४ टोली सहभागी हुन ट्रफीमा आर्मी ६६ अंकसहित शीर्ष र ६५.५ अंकका साथ पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए। लिगका ३ खेलमा आर्मीले १ खेलमा जित र २ मा बराबरी खेलेको थियो। २ खेल जितेको पुलिसले १ खेल हारेको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट