Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चट्याङसहितको बर्षाका कारण माडीमा विद्युत सेवा अवरुद्ध

चट्याङसहितको बर्षाका कारण माडीमा विद्युत सेवा अवरुद्ध

माडी : चट्याङसहितको बर्षाका कारण बिजुली अवरुद्ध रहँदा माडीको जनजीवन प्रभावित भएको छ । चनौली जगतपुर माडी ३३ के.भी. सब प्रशारण लाइन अन्तरगत माडी खण्डका केहि पोलहरुमा समस्या आउँदा माडीको बिजुली अवरुद्ध रहेको हो ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चनौली वितरण केन्द्रका अनुसार हावाहुरी र वर्षाका कारण पश्चिम चितवनका विभिन्न स्थानमा विद्युत् लाइनमा समस्या देखिएकोले हाल सम्पूर्ण लाइन अवरुद्ध भएको जानकारी दिइएको छ।

वितरण केन्द्रले मौसम प्रतिकूल रहेकाले तत्काल मर्मत सम्भार गर्न कठिन भएको जनाएको छ। हावाहुरी तथा वर्षा रोकिएपछि बिग्रिएका लाइनहरूको निरीक्षण गरी आवश्यक मर्मत गरेर विद्युत् सेवा पुनः सञ्चालन गरिने बताइएको छ।

त्यसैले मौसम अनुकूल नभएसम्म धैर्य गर्न उपभोक्तासमक्ष अनुरोध गरिएको छ। साथै कतै विद्युत् पोल ढलेको, लाइन पड्केको वा रुख लाइनमा परेको देखिएमा चनौली वितरण केन्द्रको सम्पर्क नम्बरमा जानकारी गराउन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij