Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामना गाँपालिकाद्वारा ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण

इच्छाकामना गाँपालिकाद्वारा ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण

इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण गरेको छ । पालिकाका ७ वटै वडाबाट संकलित मागका आधारमा आज वडा नम्बर ५ का १६१ परिवारलाई विद्युतिय चुल्हो वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार अर्को चरणमा अन्य वडाहरुमा पनि वितरण गरिने र स्थानियको मागलाई मध्यनजर गर्दै सुधारिएको चुल्हो, गोबरग्यास प्लान्ट आदि थप अनुदानका कार्यक्रमहरु ल्याइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij