काठमाडौँ : नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन्।
जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्ल्यूएमएसी नेपाल च्याप्टरका महासचिव सन्जितकुमार राईले जनाएका छन्।
वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्ल्यूएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए। चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे। यो स्पर्धामा पाँचजना सहभागी थिए। ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १२ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ। सुजन सातौँ राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन्। सुजन मंगलबार स्वदेश फर्किदै छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij