Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इरान–इजरायल युद्ध अन्त्यको माग गर्दै भरतपुरको चौविसकोठिमा शान्ति समाजको प्रदर्शन

इरान–इजरायल युद्ध अन्त्यको माग गर्दै भरतपुरको चौविसकोठिमा शान्ति समाजको प्रदर्शन

भरतपुर : मानव अधिकार तथा शान्ति समाज चितवनले ‘युद्ध निषेध, शान्ति विशेष’ अभियान अन्तर्गत इरान र इजरायलबीच भइरहेको युद्ध अन्त्य गर्न माग गर्दै आज भरतपुरको चौविसकोठिमा प्रदर्शन गरेको छ ।

विश्वमा बढ्दो द्वन्द्व र युद्धले मानवता नै संकटमा पारेको भन्दै समाजले शान्ति र संवादमार्फत समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति पूर्णचन्द्र चापागाईं, केन्द्रीय सदस्य शम्भु राउत, पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनी, पूर्व जिल्ला सभापति अनन्त ढुङ्गाना, जिल्ला उपसभापति जीवन केसी, सचिव जयन्ती प्रसाद उपाध्याय लगायत विभिन्न अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट