Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनआरएनए कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध

एनआरएनए कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्दा कोषाध्यक्ष पदमा तिमल्सिनाको नाम मात्रै कायम भएपछि उनी सर्वसम्मत भएका हुन् । 
हाल बेलायत निवासी धादिङका तिमल्सिना यसअघि सहकोषाध्यक्ष रहेका थिए । यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका), महिला सचिवमा अमृता थापा (कञ्चन), सहकोषाध्यक्षमा अब्दुल बासिद र मोहम्मद मुक्तदा र गंगा खतिवडा निर्विरोध निर्वाचित हुँदा अन्य केही पदमा पनि निर्विरोध भएका छन् । 

तर, अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितका पदहरूमा भने आकाङ्क्षी भएपछि निर्वाचन गर्नुपर्ने भएको छ । तर, एनआरएनए नेतृत्वले अन्तिम समयसम्म सहमतिको प्रयास हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij