Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मनकामनाबाट फर्कदैँ गरेको माइक्रो दुर्घटना : मृत्यु हुने ७ पुगे

मनकामनाबाट फर्कदैँ गरेको माइक्रो दुर्घटना : मृत्यु हुने ७ पुगे

गोरखा: गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ७ जनाको मृत्यु भएको भनेर जानकारी आएको थाहाखबरलाई बताए।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेको बताए।

माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट