Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नागरिक अभियानद्वारा सरकारलाई प्रतिनिधि निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई

नागरिक अभियानद्वारा सरकारलाई प्रतिनिधि निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई

काठमाडौं: स्वच्छ निर्वाचन सुनिश्चित गर्न सक्रिय रहेको नागरिक अभियान ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकोमा सरकारलाई बधाई ज्ञापन गरेको छ। अभियानको प्रतिनिधिमण्डलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठन का अध्यक्ष ईन्द्रप्रसाद अर्याल रहेका थिए।

प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर धन्यवाद ज्ञापन गरेका हुन्। नागरिक अभियानले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेको छ।

गृहमन्त्री अर्यालले पनि निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै सम्बद्ध पक्षप्रति धन्यवाद व्यक्त गरे। उनले भने, “निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न देशभर मतदाताले देखाएको उत्साह र सक्रियता लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धताको प्रतिविम्ब हो।”

नागरिक अभियानले विषम परिस्थितिमा पनि शान्तिपूर्ण, भयरहित निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यसले नागरिकको लोकतन्त्रप्रतिको विश्वास थप मजबुत बनाएको जनाएको छ। धन्यवाद पत्रमा भनिएको छ कि निर्वाचन अवधिभर कायम गरिएको शान्तिसुरक्षा, सहभागितामूलक वातावरण र जनविश्वास अभिवृद्धि गर्ने पहलले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन ठूलो योगदान पुर्‍याएको छ।

अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण र सुशासन प्रवर्द्धनमा सरकारको सक्रिय नेतृत्व र प्रतिबद्धता जारी रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट