Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनका आचार्य परिवारले व्रतबन्धमा उठेको दक्षिणाबाट चेपाङ बालबालिकालाई सहयोग

चितवनका आचार्य परिवारले व्रतबन्धमा उठेको दक्षिणाबाट चेपाङ बालबालिकालाई सहयोग

चितवन : व्रतबन्धमा उठेको दक्षिणाबाट विकटका विद्यार्थीका लागि खाद्यान्न र स्टेशनरीका लागि खर्च गरिएको छ । २० वर्षदेखि जापानको ओकायामामा बस्दै आएको प्रेम आचार्य र शिवप्रसाद आचार्यको परिवार बिहीबार छोराछोरीसहित चितवनको विकट पहाडी गाउँ कान्दा पुगे ।

मूलथलो बाग्लुङ भएका प्रेमका छोरा १९ वर्षका सुमित र शिवका छोरा १२ वर्षीय शिरिषको फागुन २५ मा व्रतबन्ध भएको थियो । व्रतबन्धमा उठेको दक्षिणा र अन्य खर्च कटौती गरेर कान्दाका चेपाङ बालबालिका बसेर पढ्ने छात्राबासमा खाद्यान्न र स्टेशनरी सहयोग गरेको प्रेमले बताए । प्रेमले १० वर्षयता नेपालका विभिन्न क्षेत्र र चेपाङका पहाडी भेगमा सहयोग गर्दै आएका छन् ।

राप्ती नगरपालिका-१३ मा पर्ने कान्दामा लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्राबास छ । उक्त छात्राबासमा बसेर १४० जना विद्यार्थी आडैको कान्देश्वरी राष्ट्रिय विद्यालयमा पढ्छन् । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयका प्राय: विद्यार्थी सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायका छन् । 'यो ठाउँमा पहिला पनि सहयोग लिएर आएको थिएँ । अहिले छोरा छोरी र परिवारसहित हामी यहाँ आयौं । व्रतबन्ध गरेको छोरो शिरिष जापानमै जन्मे हुर्केका हुन् । उनीहरु त्यही पढ्दै आएका छन् ।

सुमित पनि लामो समयदेखि उतै छन् । उनीहरूले छात्राबासका लागि ३० केजी दरका ५० बोरा चामल र विद्यार्थीका लागि स्टेशनरी सहयोग गरेका हुन् । करिब १ लाख ५० हजार रूपैयाँ बराबरको सामग्री सहयोग गरेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट