Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ :  एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । चैत पहिलो हप्तादेखि शुरू हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार आउँदो चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब खेल्नेछन् । १० टोली सहभागी हुने लिगका सबै खेलहरू च्यासल रङ्गशालामा हुनेछन् ।लिगमा न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, राप्ती फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, चर्च बोइज युनाइटेड, आरएस पोखरा, झपा फुटबल क्लब र सङ्कटा फुटबल क्लबले खेल्दैछन् ।

एन्फा महिला राष्ट्रिय लिग २०८३ सालको वैशाख १२ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट