काठमाडौं : क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले अनलाइनखबरलाई जानकारी दिए ।
तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।
उनले भने,‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’
शव नेपाल पुर्याउनका सहजीकरणका लागि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेको तामाङको भनाइ छ ।बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij