Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रुकुम पश्चिममा सानीभेरी नदी किनारमा दुई किशोरी मृत फेला, एक अझै बेपत्ता

रुकुम पश्चिममा सानीभेरी नदी किनारमा दुई किशोरी मृत फेला, एक अझै बेपत्ता

त्रिवेणी : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदी किनारमा दुई किशोरीको शव फेला परेको छ भने उनीहरूसँगै गएकी अर्की एक किशोरी अझै बेपत्ता रहेकी छन्। बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव आज सानीभेरी नदी किनारमा फेला परेको हो। उनीहरूको शव करिब ५०० मिटरको दूरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनीहरूसँगै गएकी १२ वर्षीया सपना ओली भने हालसम्म बेपत्ता रहेकी छन्। उनको खोजीका लागि प्रहरी टोलीले नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

तीनै जना किशोरी हिजो छिमेकीको विवाह समारोहमा गएका थिए। विवाहबाट घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनास्थलमा प्रहरी निरीक्षक पुनसहित जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरी टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट