काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
निर्वाचन सम्पन्न गराउन गठन गरिएको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खनालले चुनाव सकिएलगत्तै कूटनीतिक राहदानी मन्त्रालयमै फिर्ता गरेको जानकारी दिएका हुन् ।
खनालले अर्थ मन्त्रालयअन्तर्गतको प्रशासन महाशाखालाई पत्रसहित आफ्नो रातो पासपोर्ट बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
उहाँले पद तथा जिम्मेवारीसँग जोडिएको सुविधा आवश्यक नभएको भन्दै कूटनीतिक राहदानी फिर्ता गरेको जनाएका छन् । निर्वाचन सम्पन्न भएसँगै अन्तरिम सरकारको कामसमेत लगभग समाप्त हुने अवस्थामा रहेकाले उहाँले उक्त कदम चालेको बताइएको छ ।
नेपालमा मन्त्री तथा उच्च पदस्थ अधिकारीलाई जिम्मेवारीमा रहँदा कूटनीतिक राहदानी उपलब्ध गराइने व्यवस्था छ । पदबाट बाहिरिएपछि उक्त राहदानी सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij