Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अन्तर्राष्ट्रिय नारी दिवसमा रत्ननगरमा महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम

अन्तर्राष्ट्रिय नारी दिवसमा रत्ननगरमा महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम

रत्ननगर : अन्तरार्ष्ट्रिय नारी दिवसको अबसरमा रत्ननगरमा महिला सशक्तिकरण, नेतृत्व विकास तथा माइन्यूट लेखन तालिम गरिएको छ । लायन्स क्लब अफ रत्ननगर लेडिज, उद्यमशील महिला सञ्जाल रत्ननगर, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति र चितवन उद्योग संघ महिला उद्यमी मञ्च रत्ननगरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

लायन्स क्लब अफ रत्ननगरकी अध्यक्ष सन्जु रिजाको अध्यक्षतामा, शहीद स्मृति क्याम्पस रत्ननगरका पूर्व क्याम्पस प्रमुख राधा बालिका दुलालको प्रमुख अतिथितामा भएको कार्यक्रममा रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईं, सिनियर डिपार्टमेन्ट कोअर्डिनेटर निरज श्रेष्ठ, लायन योगेन्द्रनाथ अधिकारी, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरी, कृष्णलाल श्रेष्ठ, लक्ष्मी कर्मचारी, चितवन उद्योग सङ्घ रत्ननगर समितिका अध्यक्ष सुभाषचन्द्र गौतम, चितवन उद्योग सङ्घ महिला समिति जिल्ला अध्यक्ष सरिता पौडेलको आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी भाइजुराज समिति नेपालकी केन्द्रीय उपमहासचिव एवं क्लबकी सचिव अनिता पौडेल प्रशिक्षण दिनुभएको थियो भने उद्धमशील महिला सञ्जाल रत्ननगरकी अध्यक्ष एवं कार्यक्रमको संयोजक गीता सिमखडाले सञ्चालन गरिएको सो कार्यक्रममा चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्च रत्ननगरकी सचिव बिन्दु शर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नारी दिवसको अबसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकी राधा वालिकालाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट