Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टिकटकर रतन कार्की साेधपुछका लागि चितवन प्रहरीकाे नियन्त्रणमा

टिकटकर रतन कार्की साेधपुछका लागि चितवन प्रहरीकाे नियन्त्रणमा

चितवन : टिकटकर  तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । डिएसपी खनालले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरि कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो ।

मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ, डिएसपी खनालले  बताए । टिकटकर कार्की जापान बस्दथे । उनी केही दिनयता नेपाल फर्किएर चुनावी माहौलको भिडियो बनाएर टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट