Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कालिका नगरपालिकामा मिना खरेलको कोणसभा : उर्लियो जनसागर

कालिका नगरपालिकामा मिना खरेलको कोणसभा : उर्लियो जनसागर

चितवन : चितवन–२ की उम्मेदवार मिना खरेलले कालिका नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा हजारौंको जनसहभागिता देखिएको छ। स्थानीय बासिन्दा, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले सभास्थल भरिभराउ बनेको थियो।

 

स्थानियको आयोजनामा कालिका नगरपालिकाको गडुवाचोकबाट सुरु भएको मोटरसाईकल र्याली कलबचोकहुँदै जुटपानी, खोलेसीमल भएर पदमपुर पुगेर कोणसभा भएको थियो । कोणसभा कार्यक्रममा स्थानियहरु निकै उत्साहका साथ सहभागी भएका थिए।

सभामा सहभागी स्थानीयहरूले परिवर्तन र विकासको अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रम अवधिभर समर्थकहरूले नाराबाजी गर्दै उम्मेदवारप्रति समर्थन जनाएका थिए।

कार्यक्रममा सम्बोधन गर्दै मिना खरेलले आफू विकास, पारदर्शिता र जनसेवाको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताइन्। “जनताको अपार उपस्थितिले मलाई थप ऊर्जा र हौसला दिएको छ,” उनले भनिन्, “तपाईंहरूको विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्नेछु।

उनले महिला सशक्तीकरण, सामाजिक समावेशिता र पारदर्शी प्रशासनलाई पनि आफ्नो प्रमुख लक्ष्य बनाएको बताइन्। “राजनीति अवसरका लागि होइन, सेवाका लागि हुनुपर्छ,” उनले जोड दिइन्।

मीना खरेल जहाँ पुग्छिन् त्यहाँ अथाहा माया पाएकी छन्। उनले उक्त मायाले गर्दा आफू निकै भावुक र उत्साहित पनि भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट