Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जलेको निवास हेर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

जलेको निवास हेर्न पहिलो पटक पुगिन् विद्या भण्डारी


काठमाडौँ : पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् ।  बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको निवासका संरचनाको अवलोकन गरेकी हुन् । 

भदौ २४ गतेको आन्दोलनमा आन्दोलनकारीले सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए । निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट