Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आजबिहिबार यस्तो छ तपाइको राशिफल

आजबिहिबार यस्तो छ तपाइको राशिफल


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आफ्नो कामले अरुलाई प्रभावित पार्न सकिनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। बुद्धिको उपयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम सम्पादन हुनेछ भने नयाँ काम पाइने योग छ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कठिन कार्य सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। यात्राको नयाँ अवसर जुर्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहयोगीहरूले काममा साथ दिनेछन्। पहिलाको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठनपाठनमा मन लाग्नेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। दैनिकी काममा पनि फाइदा हुनेछ। सानो लगानीबाट धन आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारको काममा सहभागी भइनेछ। शुभचिन्तकहरूको साथ मिल्नाले चुनौतीहरू सजिलै पन्छ्याउन सकिनेछ। अरुको काममा जुट्नु परे पनि आफैंलाई नै फाइदा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा प्रशासक र सहयोगीहरूले साथ दिनेछन्। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कमजोर अवस्थाले कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। टाढा भएका आफन्तहरू नजिकिन सक्छन्। रोजगारीको लागि दौडधुप धेरै गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ उठाउन सकिनेछ। पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक खर्चमा वृद्धि हुनेछ। समयमा होस् नपुग्नाले चलिरहेको काममा बाधा आउनेछ। वैदेशिक रोजगारीमा हुनेहरूको लागि फाइदा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक दायित्व बढ्नेछ भने सेवामूलक कामले सफलता दिलाउनेछ। प्रतियोगी वा प्रतिस्पर्धी परीक्षाहरूमा सफलता प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ कामको अवसर प्राप्त भएतापनि परिस्थितिले अलमल्याउन सक्छ। आफन्तहरूको साथ पाइनाले मनोबल उच्च रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट