Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

झापा र सुनसरीबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

झापा र सुनसरीबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

विराटनगर : झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि र लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रणका लागि चलाएको सक्रियताका क्रममा फागुन ११ गते उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, सुनसरीको धरान–८ स्थित तिनकुनेमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई युवकलाई समातेको छ। प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा–४ का सिजन अधिकारी र तेह्रथुम फेदाप–३ का नविन कडेलको साथबाट ५ सय ९० क्याप्सुल ट्रामाडोल र ५ सय ९० ट्याब्लेट डिकोलिक बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट