Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सावित्रि भण्डारी ‘साम्बा’लाई मनाङ चामल परिवारद्वारा एक लाख रुपैयाँ सहयोग

सावित्रि भण्डारी ‘साम्बा’लाई मनाङ चामल परिवारद्वारा एक लाख रुपैयाँ सहयोग

काठमाडौं : चर्चित नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रि भण्डारी ‘साम्बा’को उपचारका लागि मनाङ चामल परिवारले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
मनाङ चामल परिवारले राष्ट्रका गहनाका रूपमा सम्मानित खेलाडी साम्बालाई सधैं शिरोपर गर्दै उपचारार्थ उक्त रकम सहयोग गर्ने जनाएको हो। परिवारका तर्फबाट जारी सन्देशमा खेलाडीप्रतिको सम्मान र राष्ट्रिय भावनालाई व्यक्त गर्दै सहयोग रकम हस्तान्तरण गरिएको उल्लेख छ।
“राष्ट्रका गहनालाई सधैं शिरोपर गर्दै हाम्रो मनाङ चामल परिवारको तर्फबाट उपचारार्थ स्वरूप एक लाख रुपैयाँ सहयोग गर्न जानकारी गराउँदछौं। जय होस् राष्ट्रका गहना, जय देश जय नेपाल,” विज्ञप्तिमा भनिएको छ।
उक्त सहयोगले साम्बाको उपचार प्रक्रियामा राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। नेपाली महिला फुटबलमा महत्वपूर्ण योगदान दिँदै आएकी साम्बाप्रति विभिन्न क्षेत्रबाट समर्थन र शुभकामना व्यक्त भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट