Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सबैले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेद्वार घोषणा गर्न रेनु दाहालको आह्वान

सबैले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेद्वार घोषणा गर्न रेनु दाहालको आह्वान

चितवन : नेकपा उम्मेदवार रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा सबै राजनीतिक दलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान गर्नुभएको छ। चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उहाँले विगतका कामको मूल्याङ्कनका आधारमा समर्थन नगर्न कुनै कारण नदेखिएको जिकिर गर्नुभयो।

 

उहाँले भन्नुभयो, “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले पनि रेणु दाहाललाई समर्थन नगर्नुपर्ने कुनै कारण छैन। कसैले पनि समर्थन गर्न नपर्ने अवस्था छैन।” भरतपुर महानगरपालिकाको विकास अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सिङ्गो चितवन जिल्लालाई अभिभावकत्व दिने बताउनुभयो ।

 

उहाँले चुनावी मैदानमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह पनि गर्नुभयो। “ठूला–ठूला सपना र आश्वासनका शब्दजालबाट जनतालाई भुल्याउने काम भइरहेको छ। त्यस्ता भ्रमका खेतीमा नपर्नुस्,” उहाँले भन्नुभयो।

 

उहाँले भावनात्मक भाषणभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। “कुराले होइन, व्यवहारले हुन्छ। कुरा गर्ने कि काम गर्ने रोज्ने, त्यो तपाईंहरुकै हातमा छ,” उहाँको भनाइ थियो । दाहालले

माडी र भरतपुर क्षेत्रमा समानान्तर रूपमा घरदैलो कार्यक्रम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट