Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उम्मेद्वार दाहाल भन्छिन, ‘विकासको मानक बन्न सक्छ भरतपुर’

उम्मेद्वार दाहाल भन्छिन, ‘विकासको मानक बन्न सक्छ भरतपुर’

चितवन : एक दशक अगाडि धुलाम्य र साँघुरा सडक, बर्खामा डुब्ने बस्ती, आकासे पानीको भरमा खेती, हावा आउनसाथ एक आपसमा जुधेर आगो निकाल्ने काठे पोलमा झोलिएका बिजुलीका तार भरतपुरको अवस्था थियो । महानगर घोषणा हुँदै गर्दा विमानस्थल र एउटा विश्वविद्यालय बाहेक कुनैपनि मानक अपुरो थियो ।

महानगरको एक छेउबाट अर्को क्षेउ पुग्न बर्खाको समयमा फोर ह्वील गाडी आवस्यक पर्दथ्यो । ठाउँठाउँमा कजवे नहुँदा काशी जाने कुत्तिको बाटो जस्तै तीन फन्को लाएर जानुपर्ने बाध्यता थियो । नारायणी नदी किनारका बस्ती कुन दिन बगाउने हो त्राहीमामा अवस्या थियो । झ्याप्प झ्याप्प निभ्ने बिजुली बत्ती, जीर्ण विद्यालय, सीमित स्वास्थ्य सेवा र भविष्यप्रतिको अनिश्चितताकै संघारमा महानगर बनेको भरतपुर वितेको नौ वर्षमा देशकै पहिचान गर्न लायक महानगर बन्यो ।

जहाँ पुग्यो त्यही त्यही प्रकृतिका फराकिला चिल्ला सडक, आवस्यकीय मात्रामा कजवे, महानगरको प्रायः सम्पूर्ण क्षेत्रका सडकमा स्मार्ट सडक बत्ती बलेका छन् । नारायणी नदीमा तटबन्धन गरिएको छ । हिउँदमा समेत सिचिंत हुने हरियाली खेत, महानगरका सबै वडाहरुमा स्वच्छ पिउनेपानीको व्यवस्था गरिएको छ । यो वितेको नौ वर्षमा भएको परिवर्तन हो । वडा तहमै स्वास्थ्य सेवा भरपर्दो केन्द्रीय अस्पताल पछिल्लो अवस्थामा देशकै उत्कृष्ट महानगर बनेको छ । देशकै विकासको नमूना बनेको छ कुनै बेला न्यूनतम पूर्वाधार पनि नभएको महानगर ।

५० वर्ष अगाडि देखि कुचुक्क परेको भवनमा कार्यालय सञ्चालनमा रहेको महानगरको यतिवेला छ तलाको भब्य कार्यालय भवन निर्माण भएको छ । महानगरीय सिटी हल निर्माणको अन्तिम चरणमा छ । महानगरको केन्द्र विन्दुमा रहेको पूर्वपश्चिम राजमार्ग र वाईपास सडक हरियाली र स्मार्ट सडकबत्तीसहितको सौदर्यकरणले सजिएको छ । लाग्छ यहाँ रात्रीकालीन यात्रामा कुनै विदेशको सहर पसेजस्तो भान हुन्छ ।

सामान्य पूर्वाधारसमेत अपुग रहेको भरतपुर महानगर नौ वर्षको अवधिमा कसरी यस्तो अवस्थामा आइपुग्यो ? यतिवेला चुनाबमा भरतपुरको विकासमा केन्द्रीत छ । विकास केही हो, विकास केही होइन भन्ने विच प्रतिस्पर्धा छ ।

भरतपुरको विकासमा नेतृत्व सम्हालेकी भरतपुर महानगरकी निवर्तमान प्रमुख रेनु दाहाल तारा चुनाव चिन्ह लिएर आगामी संघीय संसदको लागि निर्वाचनमा होमिएकी छन् । उनले आफुले वितेको नौ वर्षमा गरेको नेतृत्व र त्यसले ल्याएको परिर्तनलाई चुनावी मुद्धा बनाएकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी मानिएकी रास्वपा उम्मेद्वार सोविता गौतम विकास केही होइन यो समयले आफै हुने हो भन्दै प्रतिस्पर्धामा छन् । हुन त रुख चिन्ह लिएर निर्वाचनमा होमिएका काँग्रेस नेता टेकप्रसाद गुरुङ, सूर्य चिन्ह वाहक शंकर थपलिया र हलो चिन्हका दीपक थापालगायत २० जना भन्दा बढी पनि चुनावी मैदानमा छन् ।

आफुले गरेको कामलाई चुनावी नारा बनाएकी रेनु दाहाल भन्छिन, ‘ मैले वितेको नौ वर्षमा महानगरको नेतृत्वमा रहँदा जे गरेँ निर्वाचनमा होमिदै गर्दा मेरो आत्मविश्वास बढेको छ । भरतपुर महानगरलाई चिनाउन म र मैले मात्र होइन योजनाबद्ध नेतृत्व, निरन्तर श्रम र जनताको विश्वासले परिवर्तन सम्भव बनाएको हो । भरतपुरको विकास मेरो मात्र योगदान होइन यो कसैलाई पनि काखापाखा नगरेको परिणाम हो । नेतृत्व मैले गरेँ तर यो सबैको साझा उपलब्धी हो ।’

उनले वर्तमान भरतपुर र यहाँ बन्दै गरेका संरचनाहरुले विकास के हो ? कस्तो हुन सक्छ ? भन्ने नमुना दिइएको छ । सडक, ढल, बिजुली र खानेपानीजस्ता आधारभूत पूर्वाधार पहिलो प्राथमिकतामा थिए । ती पुरा गर्दै जाँदा विद्युतीय तार भूमिगत गर्ने कार्य, स्मार्ट सडक बत्ती, हाइमास्ट, सिसिटिभी र देशकै लामो महानगरीय ८८ किलोमिटरको चक्रपथले भरतपुरको भौतिक स्वरुप बदलिएको छ ।

नारायणीको तटबन्धन, निकुञ्ज छेउका बस्तीलाई जोगाउने मेसजाली तथा नदी–खोलाको सौन्दर्यकरणले जनजीवन सुरक्षित र सहर आकर्षक मात्र बनेको छैन । दूधमा अनुदान, न्यूनतम पिउने पानीमा दिइएको छुट, अस्पतालमा महिला र जेष्ठ नागरिकलाई उपचार छुट, सिँचाइ र कृषि अनुदानका कार्यक्रमले स्थानीयलाई मात्र होइन जो कसैलाई भरोसा दिएको छ । शिक्षा र स्वास्थ्यमा गरिएका लगानीले दीर्घकालीन लाभ देखाउन थालेका छन् । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासमा महानगरले फड्को मारेको छ । प्रसूति, एम्बुलेन्स र बालिकाको जीवन बीमा जस्ता कार्यक्रमले सामाजिक सुरक्षा बलियो बनाएको छ ।

दाहालले नेतृत्व गरेको भरतपुर महानगर न्यून बेरुजु, बढ्दो आन्तरिक आम्दानी र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मानले भरतपुरको प्रशासनिक क्षमता प्रमाणित गरेको छ । सबैभन्दा महत्वपूर्ण पक्ष सुशासन र पारदर्शिताले यस उपलब्धिलाई विश्वसनीय बनाएको छ । भरतपुरको विकासले स्थानीय सरकार राष्ट्रिय परिवर्तनको इन्जिन बन्न सक्छ भन्ने कुरा प्रष्ट भएको छ ।

भरतपुर महानगरपालिकाका १९ वडाहरु र माडी नगरपालिकाका सम्पूर्ण नौ वडा गरि २८ वडाहरु रहेको एक लाख ५५ हजार भन्दा बढी मतदाता रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेद्वार रहेकी रेनु दाहाल भन्छिन, ‘निर्वाचन हो एक जनाले जित्ने हो । जितेपनि हारेपनि म जनताको माझ अव सामाजिक काम गर्ने प्रतिवद्धता गर्दछु । वितेको नौ वर्ष महानगरको नेतृत्वमा रहँदा गरेका कामले मलाई जनताको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी जागेको छ ।’ उनले थपिन, ‘विकासको मानक बन्न सक्छ भरतपुर ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट