Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु,

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु,

धादिङ :  पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।जिल्ला  ट्राफिक कार्यालय धादिङकाअ  अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । 

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ । अन्य २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति  भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट