काठमाडौँ : आइसीसी टी–२० विश्वकपको सुपर ८ चरणको महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।
जवाफमा भारतले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १११ रन बनाउन सक्यो । यससँगै दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको सहज जित दर्ता गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij