विराटनगर : विगतका निर्वाचनमा एमाले अध्यक्ष केपी ओली मनोनयन दर्ताका समयमा मात्रै गृहजिल्ला आउँथे । केही दिन झापा बसेर काठमाडौं फर्किहाल्थे । दोस्रो पटक जितको प्रमाणपत्र लिन आउँथे र फर्किहाल्थे । उनको व्यस्ता यति धेरै थियो कि कहिलेकाहीँ त मनोनयन दर्ता पनि वारेसमार्फत नै गर्थे । आफ्नो क्षेत्रमा भन्दा अन्य क्षेत्रका चुनावी सभामा व्यस्त हुने ओलीको कार्यतालिका यसपटक बिल्कुल भिन्न छ । आफ्नोबाहेकका क्षेत्रमा उनको दौडधुप शून्य नै छ । बरु आफ्नै क्षेत्र कसरी सुरक्षित गर्ने भन्ने चिन्ता उनमा देखिन्छ ।
यतिबेला ओलीलाई काठमाडौं–झापा ‘पानी पँधेरो’ जस्तै भएको छ । उनी झापा धाएका धायै छन् । महिना दिनयता ओलीले चारपटक काठमाडौं–झापा, झापा–काठमाडौं ओहोरदोहोर गरिसके । खासमा यसपटकको निर्वाचनमा ओली ढुक्क बन्न सकेका देखिँदैनन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह झापा–५ मा उम्मेदवार बनेपछि ओली दबाबमा देखिएका हुन् ।
झापाको सुरक्षा निकायका अनुसार ओली शनिबार चौथो पटक झापा ओर्लिएका छन् । स्थानहद फुकुवापछि माघ ५ मा झापा ओर्लिएर ९ मा फर्किएका उनको आउजाउ त्यसयता बाक्लिएको हो । दोस्रो पटक माघ २३ मा झापा आए । निर्वाचन क्षेत्रमा एक साता बिताएर फर्किए । फागुन ३ मा पुनः आएका उनी ६ गते फर्किए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij