Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्ये ल्हु संघ महिला समिति चितवनको आयोजनामा माङी पर्व मनाईयो

प्ये ल्हु संघ महिला समिति चितवनको आयोजनामा माङी पर्व मनाईयो

चितवन :  तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा गुरुङ समुदायको साँस्कृतिक पर्व माङी त्ही पर्व भव्य रुपमा मनाएको छ । मंगलबार चितवनको भरतपुर स्थित नौरंगेमा एक कार्यक्रमको आयोजना गरी पर्व मनाएको हो । 

गुरुङ समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक पर्व माङी गुरुङ पात्रो अनुसार हि कुहुन्द ङ्हि च्यु लसि त्हि मा सृष्टिकर्ता माङी (सात आमा) को उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको उत्पत्तिको दिनका रूपमा माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने गर्छन्।यसै अवसरमा प्ये ल्हु संघ चितवनको महिला समितिले हरेक वर्ष झै यस वर्ष पनि क्होइवोमा खेगीगुरुहरु मार्फत पूजाआजा गरि भोज सहित भव्य रुपमा मनाएको हो । पूजाआजा पस्चात भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि तमू प्ये ल्हु संघ केन्द्रीय समितिका सल्लाहकार एवं पूर्व चितवन जिल्ला अध्यक्ष जगत बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा तमू प्ये ल्हु संघ महिला समिति चितवनका अध्यक्ष पूर्णीमा टु क्ल्हेप्री तमूको सभापतित्वमा सम्पन्न भएको हो । 

कार्यक्रममा तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमू, बागमती प्रदेश अध्यक्ष मीन बहादुर ल्हेगे तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष बुद्धि तमू लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट