Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रेनु दाहालको थारु गाउँ वस्तीहरू घरदैलो तीव्र : भन्छन् हामी जिताउछौँ

रेनु दाहालको थारु गाउँ वस्तीहरू घरदैलो तीव्र : भन्छन् हामी जिताउछौँ

माडी :  चितवनको माडीमा चितवन क्षेत्र नं। ३ मा नेपाली कम्यूनिष्टको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले थारु गाउँहरू घरदैलो तीव्र बनाएकी छिन् । रेनुसगैँ कम्यूनिष्ट पार्टीबाट समानुपातिकी उम्मेदवार बनेकी निशा न्यौपाने पनिसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए । मंगलबार माडी नगरपालिका वडा नं।३ को सिमरा, धोबाहा, बसन्तपुर बजार, पौहारी लगायतका गाउँठाउँमा दाहालको घरदैलो सञ्चालन भएको हो ।

चुनावी घरदैलोका क्रममा आएकी दाहालसहित नेताहरुलाई पञ्चेबाजा बजाउँदै नाँच्दै नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका मतदाताहरुसंगै बिहान ९ बजेदेखि दाहालले घरदैलो सुरु गरेकी दिईन्।

घरदैलोमा निस्किएपछि कार्यकर्ताहरू उत्साहित हुदै रेनु दाहाललाई जिताउन आफ्ना समस्या सुनाउदै घर घर खेत खेतामा पुगेर मत मागेका थिए । दाहालले ुयसअघि नारायणी नदीमा तटबन्धन गरेजस्तै माडीमा रीउ करिडोर ९ड्याम सहितको सडक० निर्माण गरी बाढी प्रकोप नियन्त्रण र वन्यजन्तुको आक्रमणको समस्या हटाउन लागिपर्नेु बताईन्।

त्यसैगरी निकुञ्ज सम्बन्धी समस्या हल गर्न ऐनकानुन शंसोधन र निर्माण गर्ने, खानेपानी, सडक र अन्य भौतिक निर्माण गरी माडीलाई पनि समृद्ध माडी बनाउने, सामुदायिक वन क्षेत्रमा क्रंकिट पर्खाल लगाउने तथा कानुन शंसोधन गरी सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्नेु लगायतका काममा पनि अगुवाई गर्ने बताईन् ।

‘यो चुनावमा गलत मान्छेलाई चुन्नु भयो भने पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ,’ दाहालले भनिन्, ‘यो बेला नेताहरुको अनुहार राम्ररी हेरेर सुझबुझका साथ आफ्नो बहुमूल्य मतदानलाई प्रयोग गर्नुहोला ।’

देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक र विकास क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिईन् । दाहालले अगाडि थपिन्, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’

‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेन–जीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भनिन् । कम्यूनिष्ट पार्टीले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता सयौँ नयाँ युवालाई उम्मेदवार बनाएको छ ।’

यसैविच दाहालको चुनावी प्रचारमा जुटेका माडीका महिलाहरु उत्साहपूर्वक छमछमी नाँचेका छन् । पञ्चेबाजामा नाँच्दै बृद्धा र वयस्क महिलाहरु दाहालको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।

यसपटकको निर्वाचनमा सबैजसो दलहरुले पञ्चेबाजा बजाउँदै नाँच्दै गाउँदै घरदैलो लगायतका चुनाबी कार्यक्रम सञ्चालन गरेको देखिएको छ । यसबाट माडीसहित चितवन क्षेत्रमा चुनाबी सरगर्मी बढिसकेको छ र चोक चौतारी गाउँ ठाउँमा चुनाबी छलफल, विचार विवेचना बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट