पोखरा : गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष श्री शिल्पा प्रधानाङज्यूले बैक तथा वित्तीय संस्था ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका प्रमुख श्री केशव प्रसाद तिमल्सिनाज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य कर्मचारी साथै वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, र उच्च व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
शपथ ग्रहण पश्चात् अध्यक्ष शिल्पा प्रधानाङज्यूले संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गर्दै लघुवित्त सेवालाई प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विपन्न तथा ग्रामीण वर्गको आर्थिक सशक्तीकरणका लागि संस्थाको भूमिका अझ सुदृढ बनाइने बताउनुभयो।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड देशका विभिन्न क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij