Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनका सहकारीपीडितद्वारा सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै उमेदवारलाई ज्ञापनपत्र

चितवनका सहकारीपीडितद्वारा सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै उमेदवारलाई ज्ञापनपत्र

चितवन : चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै चितवन(२ बाट नेपाली कांग्रेसकी उमेदवार मीना खरेललाई ज्ञापनपत्र बुझाएका छन्। पिडितहरुले एक कार्यक्रमका विच खरेललाइ १३ बुँदे माग पेस गरेका छन् ।

विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो गर्दै तत्काल प्रभावकारी पहल गरिदिन पीडितहरूले आग्रह गरेका छन् । सहकारी व्यवस्थापन तथा नियमनको कमजोरीले हजारौँ सर्वसाधारण मारमा परेको उनीहरूले जनाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सहकारीपीडित संघर्ष समितिका संयोजक शालीग्राम दुवाडीले बचत रकम फिर्ता नपाउँदा आफूहरू पीडामा रहेको बताए । “हामीले जीवनभरको कमाइ सहकारीमा राख्यौँ । तर, अहिले आफ्नो रकम फिर्ता नपाएर आर्थिक तथा मानसिक पीडामा छौँ,ू दुवाडी भन्छन्, ूहाम्रो रकम सुरक्षित रूपमा फिर्ता गराउन सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गर्दछौँ ।”

उमेदवार खरेलले पीडितहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् । समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन् ।

चितवनमा पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अनियमितताका कारण बचतकर्ताहरू आन्दोलित हुँदै आएका छन् । पीडितहरूले छिटो छानबिन गरी दोषीमाथि कारबाही र बचत रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् । सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ भरतपुर १० का जनप्रतिनिधि स्थानीय र सहकारी पीडितहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट