Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हेटौँडा सडक विस्तार विवाद : फागुन १० मा पूर्ण इजलासमा सुनुवाइ

हेटौँडा सडक विस्तार विवाद : फागुन १० मा पूर्ण इजलासमा सुनुवाइ

हेटौँडा : हेटौँडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दा अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। उक्त मुद्दाको सुनुवाइका लागि फागुन १० गते पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो। संयुक्त इजलासको आदेशअनुसार नै पूर्ण इजलासमा सुनुवाइका लागि मिति निर्धारण गरिएको अदालत स्रोतले जनाएको छ।

यसअघि सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल फाइल अदालतमा नआएकाले सर्वोच्चले ती फाइल झिकाउन आदेश जारी गर्दै माघ १८ गतेका लागि पेसी तोकेको थियो। सोही दिन बसेको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

उक्त मुद्दाको तारेख भने आइतबार मात्र तोकिएको जनाइएको छ। हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजना लामो समयदेखि विवादित बन्दै आएको छ। अब पूर्ण इजलासको सुनुवाइपछि यस विषयमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट