Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दलहरूको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भयो : अध्यक्ष यादव

दलहरूको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भयो : अध्यक्ष यादव

काठमाडौँ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् । 

शनिबार काठमाडौँको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाइ दाबी गर्ने दलहरूको असफलता, अकर्मण्यता र अदूरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाएका हुन् । जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चुनाव गरेको भए आगामी संसद् थप प्रभावकारी हुने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

यादवले जेजस्तो परिस्थिति भए पनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकमा लोकतन्त्र जोगिए पनि संविधानमा सङ्घीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अब शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे । उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरिनेदेखि स्वदेशमा नै रोजगारी, निःशुल्क स्वास्थ्य, शिक्षा, सम्पत्ति छानबिन लगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट