Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यामाहा ब्लू स्ट्रीक्स भेरी च्याप्टर राइड सम्पन्न

यामाहा ब्लू स्ट्रीक्स भेरी च्याप्टर राइड सम्पन्न

काठमाडौँ : एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क भएको विश्वकै लोकप्रिय टु व्हिलर ब्राण्ड यामाहाले यामाहा ब्लू स्ट्रिक्स राइड सफलतापूर्वक सम्पन्न गरेको छ। आफ्नो राइडर समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रवर्द्धन गर्न यामाहाद्वारा आयोजित उक्त राइड कर्माचार्य इन्टरप्राइज प्रा.लि., भरतपुरबाट सुरु भई ७२ किलोमिटरको दुरिमा रहेको मायाटारको लालिगुरास जंगल रिसोर्टमा समापन भएको थियो।

करिब ७२किलोमिटर दूरी तय गरिएको राइडमा कुल १७ जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो। राइडका क्रममा विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमध्ये स्लो रेसमा सरिन नाहारकी विजयी भए।

यस यामाहा ब्लू स्ट्रीक्स राइडमा सहभागीहरू मध्येबाट राइडिङ अनुभव, सुरक्षित राइडिङप्रतिको प्रतिबद्धता, उत्साह र नेतृत्व क्षमताको आधारमा प्रशिल डल्लाकोटी र रिगोस बराल यस यामाहा ब्लु स्ट्रीक राइडको मार्शल छानिएको थियो।

यामाहा ब्लु स्ट्रीक्स यामाहा नेपालको आधिकारिक राइडिङ समुदाय हो जसले सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको प्रवर्द्धन गर्नुका साथै राइडरहरूबीच भाइचारा, अनुशासन र वास्तविक राइडिङ अनुभवलाई प्रोत्साहन गर्दै आएको छ। यामाहा नेपालले भविष्यमा पनि यस्ता समुदाय(केन्द्रित राइडहरू निरन्तर आयोजना गर्दै सुरक्षित, जिम्मेवार र अर्थपूर्ण राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

एमएडब्ल्यू राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई(पांग्रे ब्रान्डमध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट