झापा : झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ। नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो।
आयोजक समितिका अध्यक्ष डा. लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने जानकारी दिए। ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा रहेको उनको भनाइ छ।
डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका क्षेत्रमा भइरहेका नयाँ प्रयोग र सफलताका विषयमा बृहत्त् जानकारी दिन नयाँ र अनुभवी चिकित्सकहरूले गम्भीर विमर्श गर्ने बताए। यसले हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरूले नवप्रवर्धनका क्षेत्रमा गरेका काम र तीनवटा प्रविधि/उपकरण प्रदर्शनी हुने उनले जानकारी दिए।
पत्रकार सम्मेलनमा डा. निराजन पराजुलीले अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम उपयोगी हुने बताए। उनले सम्मेलनमा ‘साइन्टिफिक कोर्स’ र विभिन्न चिकित्कसहरूका कार्यपत्रमाथि चर्चा हुने जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij