काठमाडौं : नेपाली सेनाले विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक–२०८२ सुरु गरेको छ।
मंगलबार जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको हो । समन्वयात्मक बैठकलाई अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् । यसअघि प्रधान सेनापति महारथी अशोक राज सिग्देलले स्वागत मन्तव्य राखेका थिए।
बैठकमा सहभागी पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरिएका कार्यहरूको समीक्षा तथा आगामी कार्ययोजनाबारे सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा रक्षा सचिव, बलाधिकृत, रथी वृन्दलगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij