Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी टी-ट्वेन्टी विश्वकप : न्युजिल्यान्डको विजयी सुरुआत‚ अफगानिस्तान ५ विकेटले पराजित

आईसीसी टी-ट्वेन्टी विश्वकप : न्युजिल्यान्डको विजयी सुरुआत‚ अफगानिस्तान ५ विकेटले पराजित

काठमाडौं : टिम सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डले आईसीसी टी-ट्वेन्टी विश्वकपमा विजयी सुरुआत गरेको छ।

आइतबार सम्पन्न समूह ‘डी’को खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। योसँगै न्युजिल्यान्डले २ अंक हात पारेको छ। अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। न्युजिल्यान्डका सेफर्टले सर्वाधिक ६५ रन बनाए। ४२ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। ग्लेन फिलिप्स ४२, मार्क च्यापम्यान २८ रनमा आउट हुँदा डेरिल मिचेल २५ र कप्तान मिचेल सान्टनर १७ रनमा अविजित रहे। अफगानिस्तानका मुजिब उल रहमानले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। अज्मतुल्लाह ओमारजाई, रसिद खान र मोहम्मद नबीले समान एक विकेट राखे। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट